समाचार

६ ट्रक मास्क भेटियो, केहीबेरमा सार्वजनिक गरिँदै

अवैध रूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क काठमाडौंको सतंगलबाट प्रहरीले फेला पारेको छ । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको हो । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन ।

बजारमा भने मास्क को अभाब देखिएको छ ।पछिल्लो समयमा बजारमा मास्कको ब्यापक कालोबजारी भइरहेको छ ।यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

Related Articles

Back to top button
Close