रोचक

कम्पनीले बोनस बाँडेपछि कर्मचारी बोरामा पैसा बोकेर घर फर्किए !

एजेन्सी। मासिक रुपमा थोरै मात्र तलब पाउने कर्मचारीले एकैचोटी ठूलो रकम बोनस पायो भने कुन चाही कर्मचारी दंग नहोला ? केहि समय अगाडि चीनको एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो ।नगद उपलब्ध गराएको उक्त बोनस रकम गोजीमा अटाउने कुरै भएन । त्यसपछि कर्मचारीहरुले आफ्नो भागमा परेको बोनस रकम बोरामा भरेर घरतिर लागे । कार्यरत कर्मचारीले त बोनस रकम पाए पाए, सेवा निवृत्त कर्मचारीले समेत केही बोनस रकम पाएका थिए ।

फंगदा स्पेसनल स्टिल टेक्नोलोजी नामक कम्पनीले यसरी बोनस बाँडेको थियो । यो कम्पनीमा ५ हजार मानिसले काम गर्दछन् ।तीन करोड बोनस रकम कर्मचारीहरुलाई बाँड्दा एउटाको भागमा लाखौँ रकम परेको थियो । बोनस बाँडिएको उक्त रकम सबै अफिसबाटै नगद बोनस बाँडिएको हो ।

यस कम्पनीले ७ वर्ष यता आफ्ना कर्मचारीलाई २६ अर्ब रुपैयाँ भन्दा धेरै रकम बोनसमा बाँडिसकेको समाचारमा जनाईएको छ । कम्पनीको वार्षिक आय करोडौँ डलर रहेको पनि उल्लेख छ ।

Related Articles

Back to top button
Close