समाचार

संसद भवनमा प्रचण्डलाई थप्पड हानेका पदम कुँवर पक्राउ,

नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए ।

उनले भने, “संसद भवनको गेटमै शौचालय छ । उनी त्यहाँ गएका रहेछन् । त्यसपछि ल्याइएको हो । मैले छाड्न भनिसकेको छु ।”प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए । अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो । उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो ।

Related Articles

Back to top button
Close