समाचार

आफ्नै दुईजना देवर मिलेर २८ बर्षीया भाउजुको बिभत्स हत्या

तेह्रथुम । तेह्रथुमको आठराई–४, ईवा तीन सल्लेमा बिहीबार विन्दा पुरीको ह’त्या आफ्नै दुईजना देवरबाट भएको खुलासा भएको छ । २८ वर्षिया भाउजुको ह’त्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए । झापाबाट बुधबार राती गाडी रिजर्भ गरी भाउजु विन्दाको घरमा आएर ह’त्या गरी विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको प्रहरीले बताएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले ह’त्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । विन्दाको विभ’त्स ह’त्याले ईवा तीनसल्ले गाउँनै स्त’ब्ध भएको छ । बालकृष्ण पुरी तेह्रथुमको फेदाप स्थित औसींडाडा बजारमा र सुरेन्द्र पुरी झापाको बुधबारेमा बस्दै आएका थिए । घट’ना पछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाइ निय’न्त्रणमा लिएको थियो।

अनुसन्धानका लागि प्रहरीले निय’न्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै ता’रीखमा छाडिएको छ । ह’त्या गरेर मा’रिएकी बिन्दाको घरमा जेठा छोरा १० वर्षका र कान्छा छोरा १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभ’त्स ह’त्या गरिएको थियो ।

Related Articles

Back to top button
Close