समाचार

पूर्व डिआईजी रमेश खरेललाई कँडेलको यस्तो कडा चेतावनी :

ब्लिक ईनोभेटर इन्जिनियर दिपेन्द्र कँडेलले सरकारी पेन्सन त्यागेर मात्रै सरकारको वि’रोध गर्न सुझाव दिएका छन् । हालैमात्र ‘हाम्रो सुशासन अभियान’ को शुभारम्भ गरेका पूर्व डिआईजी रमेश खरेललाई यस्तो सुझाव दिएका हुन्। उक्त अभियानको मुख्य नारा ‘सुशासनका लागि भ्र’ष्टाचारको अन्त्य गरौं’ भन्ने छ । कँडेलले कुनैपनि नेपाली नागरिकले नेपालको समृद्धि र सुशासनको बारेमा सोच्नु अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै खरेलले पनि अभियान सञ्चालन गर्नु सकारात्मक भएको उनको टिप्पणी छ ।

यद्यपि खरेलले सरकारी पेन्सन खाएरै सरकारको विरोध गर्नु न्यायोचित र गैरराजनीतिक कदम हुने उनको भनाइ छ । उनले खरेलमात्रै नभएर सरकारी पेन्सनधारीहरूले राजनीतिक अभियान र त्यो सँग सम्बन्धित अभिव्यक्ति दिने हो भने पेन्सनको सुविधा त्याग्नुपर्ने सुझाव छ । यो प्रश्न अरूलाई पनि लागू हुनुपर्ने उनको भनाइ छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले खरेलले अभियानको अलावा नयाँ पार्टी जन्माउन खोजेको हो भनेपनि त्योपनि नेपालको लागि प्रत्युपादक हुने भविष्यवाणी गरे । उनले भने,‘म त सन् २०१६ देखि नै नेपालमा पूरानै दल र ती दलका स्थापित नेताहरुबाट नै यो देशको विकास र समृद्धि हाँसिल गर्न सकिन्छ भनेर बोल्ने व्यक्ति हुँ, आजपनि मेरो त्यही अडान कायमै छ ।’

कँडेलले आफूले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापित् भएको नयाँ शक्ति, पार्टी, रविन्द्र मिश्रको नेतृत्वमा खोलिएको साझा पार्टी लगायतका नयाँ पार्टीको बारेमा पनि यस्तै खाले टिप्पणी गरेको स्मरण गराए । उनले भने,‘नेपालमा नयाँ शक्तिलगायतका साना दलहरु नेपाल र नेपालीको भविष्य कोर्न नसक्ने दल हुन्, र तिनीहरुलाई निस्तेज गरेर छाड्नेबारे मैले तत्कालिन समयदेखि नै उद्घोष गर्दै आएको छु, आज उहाँहरुको स्थान् कहाँ छ भन्ने कुरामा यहाँहरु सबै जानकार हुनुहुन्छ ।’

यदि रमेश खरेलले सक्रिय राजनीति गर्न चाहेको हो भने पूरानै स्थापित् राजनीतिक दल अर्थात नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राजपा नेपाल र समाजवादी पार्टीमध्ये एकमा गएर आफ्नो राजनीतिक भविष्य खोज्नुपर्ने कँडेलको सुझाव छ ।

उनले भने,‘उहाँले यो बाटो समात्दा नै उहाँको हित हुन्छ । यही नै उहाँको लागि सबैभन्दा छिटो बाटो हुनेछ । बरु, उहाँले ती पार्टीभित्र प्रवेश गरेर त्यहाँ रहेका विकृति, विसंगतिको बारेमा उजागर गर्नुपर्यो ।’

Related Articles

Back to top button
Close