समाचार

यस्तो छ काेरोनासँग लड्ने सेनाको तयारी

नेपाली सेनाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि तयारी थालेको छ। पूर्व तयारी स्वरूप शनिबार मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी टेन्ट बनाएको हो।

टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिने छ। सरकारबाट कोरानाको उच्च सर्तकता र तयारी गर्न निर्देशन भए अनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्ने बताएको छ।

सेनाले टुँडिखेलमा समेत यस्तै किसिमको उपचार केन्द्र बनाउने तयारी गरिरहेको मुख्यालयले जनाएको छ।

लेखक तथा प्राध्यापक डिपी भण्डारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।५ वर्षदेखि उनी ‘पार्किन्सन’को समस्याबाट थलिएका थिए । शनिबार बिहान ११ बजेर ३० मिनेट जाँदा धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनायो ।

पछिल्लो एक सातादेखि भण्डारीलाई अस्पताल लगिएको थियो । भण्डारीका दुई छोरा डा. शरद र शैलेस भण्डारी छन् । अस्पतालले निधन भएको पुष्टि गरेपछि भण्डारीको शव दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लगिएको कवि तथा लेखक हेमन्त विवशले अन्‍नपूर्ण अनलाईनलाई जानकारी दिए ।

डोटीको निरोली गाउँमा जन्मिएका भण्डारी पछिल्लो समय पुरानो बानेश्वरस्थित आफ्नै निवासमा रहँदैआएका थिए । भण्डारीकी पत्नी श्री भण्डारीको भने ५ वर्षअघि नै निधन भइसकेको हो ।लामो समय अंग्रेजी विषयको प्राध्यापन र लेखनमा सक्रिय रहेका भण्डारीका ‘मृगस्थली’, ‘रोटी र फूल’, ‘त्यो धर्ती त्यो आकाश’ ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्ध संग्रह बजारमा छन् ।

Related Articles

Back to top button
Close