मनोरंजन

हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, धादिङ घर भएका पन्तले बाजी मारे ।विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे ।

१ चैत, काठमाडौं । कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नि्रप कार्की छन् । यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बढी मूल्यमा मास्क बेच्न खोजेको पनइए तत्काल खबर गर्न पनि सार्वसाधारणलाई आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close