समाचार

सडक दुर्घटनामा एकै परिवारका ११ मारिए

राजस्थानको जोधपुरमा शनिबार बिहान भएको दु’र्घटनामा ११ जनाको ज्या’न गएको छ । ट्रली र बोलेरोको ठ’क्करमा एकै परिवारका ११ जनाको ज्या’न गएको दैनिक भास्करले लेखेको छ । ३ जना ग’म्भीर रुपमा घा’इते भएका छन् । यो परिवार नवविवाहित जोडीलाई बालोतराबाट रामदेवरा दर्शनको लागि लिएर जाँदै थिए । उनीहरुको बिहे २७ फेब्रुअरीमा भएको थियो । घ’टना शेरगढ क्षेत्रमा भयो । ठ’क्करपछि बोलेरो ट्रकमुनि दबिएको थियो । मृ’तकहरु ४ पुरुष, ६ महिला र १ बालक छन् । सबैको घ’टनास्थलमै मृ’त्यु भएको हो । घा’इतेहरुको जोधपुर अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ । घ’टनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले दुःख व्यक्त गरेका छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

Related Articles

Back to top button
Close