रोचक

टिप्परकाे ठक्करबाट इँटा भट्टामा खेल्दै गरेका बालकको ज्यान गयाे

टिप्परको ठक्करबाट शनिबार भक्तपुरमा एक बालककाे ज्यान गएकाे छ ।

चागुँनारायण-९ मा रहेकाे ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले ठक्कर दिँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

टिप्परके ठक्करबाट ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिनाको छोरा शिशिर मोक्तान रहेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिनुभयो । ्ट्रि

टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले ठक्कर दिने टिप्पर र भक्तपुर नगरपालिका-९, च्यामसिंह बस्ने ४० वर्षीय चालक श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी गिरीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close