मनोरंजन

यिनै हुन् तपाईंको फोन नलाग्दा ‘माफ गर्नुहोला’ भन्ने महिलाहरु

नेपाल टेलिकम र एनसेल सिममा फोन व्यस्त हुँदा , फोन सम्पर्क नहुँदा, स्विच अफ हुँदा वा कुनै कारणले सम्पर्क नहुँदा अथवा अन्य सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाइ हामी सबैले सुन्दै आएका छौ । उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ ।

तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनस् डायल गर्नुहोला । नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

भुमिका भन्छिन्, ‘फोन नलागेको बेलामा मेरै आवाज आउँछ, टेलिकम सम्बन्धी केही सुचना लिनुपर्ने भयो मैरै आवाज आउँछ । कतिपय अवस्थामा मेरो आवाज सुन्दा कतिजना दिक्क हुनुभएको हुन्छ । मैरै आमा पनि कहिले काहीँ भुमिका जी फोन लगाईदिनुहोस् न भनेर जिस्किनु हुन्छ, मलाई मज्जा लाग्छ ।’ कहिलेकाहीँ आफूले फोन गर्दा आफ्नै आवाज सुन्दा आफैलाई वाक्क लाग्ने गरेको भुमिकाको अनुभव छ ।

एनसेलमा फोन गर्दा नलाग्ने समय वा अन्य सुचनाहरु लिनुपर्दा आफ्नो आवाज आउने बताउँदै सुबानी भन्छिन्, ‘कहिले काँही म आफै पनि दिक्क भाको हुन्छु । सायद सबैलाई त्यस्तै हुन्छ होला ।’ कहिले काँही आफैले कसैलाई फोन गर्दा आफ्नो आवाज सुन्दा वा इन्ट्रक्सन दिएको सुन्दा रममाइलो पनि लाग्छ तर नकाटे सम्म त्यही बजेको बजै गर्दा भने दिक्क नै लाग्ने गरेकाे उनी आफ्नै अनुभव सुनाउछिन् ।

Related Articles

Back to top button
Close