समाचार

बसको ठक्करबाट ल्याब टेक्निसियनको मृत्यु

र्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर पछाडि बस्ने बाराको परवानीपुर २ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतक ठाकुर ल्याब टेक्निसियन हुन् । स्कुटर चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close