समाचार

जब वुहान अस्पतालबाट अन्तिम बिरामी पनि घर फर्किए, भाइरल भयो डाक्टरको याे तस्वीर

चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो लाइन नै लागेको थियो ।

वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर ज्यान समेत गुमाए ।यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ ।

तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका छन् ।

छेउछाउमा बिरामी राख्ने बेडहरु रित्तै देखिन्छन् । चीनमा गत बुधवारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १६९ पुगेको छ ।कोरोनाबाट सर्वाधिक प्रभावित भएको वुहानमा पहिलोपटक बुधबार एक जना मात्र संक्रमित भेटिएको पाइएको छ । युरोप-अमेरिका लगायत शक्तिशाली मुलुकमा महामारी बन्दै गएको कोरोनाको संक्रमण चीनले कम गर्न सफल भएकोमा चीनकाे सराहना गरिएकाे छ ।

Related Articles

Back to top button
Close