मनोरंजनसमाचार

जसले जितेपनि २० लाख भाग लाउने भनेर सल्लाह समेत गरेका थियौ सुमन कार्की

जसले जितेपनि २० लाख भाग लाउने भनेर सल्लाह समेत गरेका थियौ सुमन कार्की

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर प्रतिस्पर्धी सुमन कार्की बाहिरिएका छन् । आफुले दमदार प्रस्तुति दिंदादिंदै कम भोट पाएको कारण आफु बाहिरिएको स्वीकारेका सुमन अहिले खुशी नै छन् ।

क्यानाडा नेपालसंगको कुराकानीमा सुमनले आफु बाहिरिएकोमा दुखि भन्दा बढि खुशी भएको उल्लेख गरेका छन् । कमेडी च्याम्पियनमा रहेका प्रतिस्पर्धीहरु सबै नै भाग्यमानी हुन् भन्ने उनको बुझाई रहेको छ । आफ्नो कलालाई लाखौं सम्म पुगेको भन्दै भोट कम पाएर बाहिरिनु परेकोमा दुखी नभएको सुमनले सुनाए । बरु शोको क्रममा भएको रमाईलो देखि साथीहरुको उपध्रोलाई चाही मिस गरिरहेका छन् ।

सुमन कोईराला र खबापुको उ,प,ध्रोलाई सम्झिदै सुमन कार्कीले भने, “हामी आफ्नो प्रस्तुतिको तयारी गर्दा होस् या स्क्रिप्टमा सल्लाह गर्दा, संधै रमाईलो हुने गर्थ्यो र एक अर्कालाई सहयोग गर्दै प्रस्तुति तयार गर्ने गर्थ्यौ ।

प्राय सबैको आ-आफ्नै खुबी छ र सबैले जित्न सक्ने सम्भावना छ तर जसले भोट बढि पाउँछ उसैले २० लाख पैसा लान पाउछ । हामीले त जसले जितेपनि २० लाख भाग लाउने भनेर सल्लाह समेत गरेका थियौ । त्यस्तो राम्रो दोस्ती थियो हाम्रो शो भित्र हुँदा ।” सुमन कार्की अब नयाँ कार्यक्रम टिभीमा वा युट्युबमा लिएर दर्शक सामु आउने तयारी गरेको बताएका छन् ।

Related Articles

Back to top button
Close