समाचार

श्रम स्वीकृति अनिश्चितकालका लागि ब’न्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

३० फाल्गुन २०७६, शुक्रबार काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन ब’न्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जो’खिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अ’निश्चितकालका लागि श्रम स्वीकृति ब’न्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले नि’र्णय गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई म’हामारीको घो’षणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रो’कथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बै’ठकले यस्तो नि’र्णय गरेको हो ।यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने नि’र्णय गरेको थियो । नेपालको मुख्य श्रम ग’न्तव्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको स’ङ्क्रमण ब’ढ्दै गएको छ । कोरोनाको स’ङ्क्रमण ब’ढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रो’क लगाएको छ भने कुवेतले पनि भिसा दिन ब’न्द गरेको छ ।

यस्तै कुवेतले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बि’दा दिएको छ । रेस्टुरेन्टदेखि शैक्षिक संस्था ब’न्द गरेको छ भने आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उ’डान पनि ब’न्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अ’नुरोध गरेको छ ।साउदीले पनि नेपालबाट हुने सिधा उ’डानबाहेक ट्रा’न्जिट हुँदै प्र’वेशमा रो’क लगाएको छ भने तीन वटा विमानस्थल मात्र खु’ल्ला गरेको छ । यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ ।सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आ’ग्रह गरेको छ ।

यसैबीच नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्र’वेशमा दिइँदै आएको सुविधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थ’गित गरेको छ ।विदेशीहरुलाई दिइँदै आएको अ’नअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थ’गित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अ’ध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँ’च रि’पोर्ट अ’ध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।यस्तै शनिबारदेखि स्वदेश फ’र्कने नेपाली, गै’रआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वा’रेन्टाइनमा बस्नुपर्ने भएको छ ।

Related Articles

Back to top button
Close