समाचार

सरकारी गाडी एकाएक भट्टीपसलमा छिरेपछि …

विहिबार अपराह्न नेपाल विद्युत प्राधिकरण घोराही शाखाको गाडी एक्कासी घोराही नगरपालिका-१५ मा रहेको एक भट्टी पसलमा छिर्यो । आफूतर्फ गाडी आइरहेको देखेर होटेलका साहु शिवराज थापा भाग्न खोजे तर गाडी आइसकेको थियो । उनी सामान्य घा’इते भए । पौने ३ बजे नजिकैको वासिङ सेन्टरमा धुन भनेर लैजाँदै गरेको बा १ ञ १६५५ नम्बरको स्कोरपियो भट्टी पसलमा छिरेको हो । विद्युत प्राधिकरणले गाडी धुन भनेर दिएपछि वासिङ सेन्टरमा काम गर्ने १८ वर्षका दिनेश बुढाथोकीले गाडी चलाउँदै थिए ।

गाडी भट्टी पसल भित्र त छिर्यो तर काउन्टरबाट अघि जान पाएन । होटेलमा छिरेको गाडी ग्राहकसम्म भने पुग्न पाएन । बुढाथोकीले गाडीको ब्रेक लगाउनसम्म भ्याए ।

प्रहरीले गाडी चलाउने बुढाथोकीलाई प’क्राउ गरेको छ भने होटेल संचालक थापाको राप्ती अंचल अस्पतालमा उपचारका लागि लागिएको छ ।

Related Articles

Back to top button
Close