समाचार

आमाछोरा बाख्राको खोरमा कष्टपूर्ण ! ओछ्याउने केही नभएपछि खाली भूइँमा सुतेर जीबन काट्दै

यासोक बस्तीको बीचमा सानो घर छ । घर छेउछाउ दुर्गन्ध फैलिएको छ । साँघुरो घरको सिकुवामा खाल्डाखुल्डी र फोहोर छ । घरभित्र साँघुरो कोठा छ । एकापट्टि बाख्रा बाँधिएको छ भने अर्कोपट्टि खाना पकाउने चुलो छ । बाख्राको पिसाबले कोठा नै दु’र्गन्धित छ । तर त्यही दु’र्गन्धित कोठामा ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकी बस्दै आएका छन् ।

फोहोर र दु’र्गन्धले देवीमाया लामो समयदेखि बिरामी भएकी छन् । यो कहालीलाग्दो अवस्था पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित बुढाथोकी बस्तीको हो ।
जमिनको नाममा खुट्टा टेक्ने ठाउँ नहुँदा पी’डितलाई स्थानीयले आश्रय दिएका छन् । थोत्रा र मैला लुगा लगाएर वर्षौंदेखि त्यही कोठामा जीवन काट्दै आएको परिवार मागेर छाक टार्ने गर्छ । सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर देवीमायाले नागरिकता पाएकी छैनन् । एकातिर नागरिकता नहुँदा राज्यको सुविधाबाट बञ्चित हुनुपरेको पीडा छ भने अर्कोतर्फ पी’डित परिवारले सुकुम्बासी जीवन बिताउँदै छ ।

खाली जमिनमा थो’त्रा कपडा ओढेर रात क’टाउने गरेको पीडित देवीमायाले सुनाइन् । उनी भन्छिन्, ‘खानेकुरा खोज्न छोरो जान्छ । कहिले लिएर आउँछ, कहिले खाली हात फर्किन्छ ।’ खानेकुरा नभएपछि धेरै रात भोकै का’टेको दुःखेसो बुढाथोकीको छ । ओछ्याउने केही नभएपछि खाली भूइँमा सुत्नुपरेको छोरा शेरबहादुरले बताए । आजको ब्लाष्ट दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close