समाचार

जनताको करबाट तलबभत्ता पचाएर गै’रजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन ?

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवार पदमा बसेर गै’रजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्नुपर्ने बताएका छन् । जनतालाई विश्वभरी सन्त्रा’स फैलाईरहेको कोरोना भाईरसको संक्र’मण नेपालमा पनि देखिए सरकारले सबैलाई क्वारेन्टाईनमा राख्न नसक्ने अभिव्यक्ती स्वास्थ्यमन्त्री ढकालले दिएपछि नेता महरले रोस प्रकट गरेका हुन् ।स्वास्थ्यमन्त्रीज्यू जिम्मेवार पदमा बसेर विश्वभर सं’न्त्रास फै’ल्याईरहेको कोरोना भाईरसबारे गै’रजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन ? जनताप्रती उत्तरदायी हुनुपर्दैन ?, नेता महरले प्रश्न गर्दै भनेका छन् ।

सरकार भ्रष्टाचार र लुट्नका लागि मात्र हो, आजनतालाई परेको बेला अभिभाकत्व ग्रहण गर्न नसक्ने, जनताप्रति उत्तरदायी खोई भन्दैं नेता महरले आ’क्रोश पोखेका छन् ।जनताको कर र रेमिट्यान्सबाट तलब र भत्ता खाने अनि आपतविपतमा हामी छौ, सरकार तपाईको साथमा छ, नेपालमा कोरोनाको संक्रमण देखिहाले राज्यले कुनै पनि कसर बाँकी राख्दैँन भन्नु त कहाँ हो कहाँ उल्टै नालायकिपनको प’राकाष्टा देखाउने ?, नेता महर आ’क्रोशमिश्रित अभिव्यक्ती दिदैं अघि थप्छन्, सरकार भ्रष्टचार गर्न र लुट्नलाई मात्र हो ? नागरीकप्रती उ’त्तरदायी भएको खोई ?

Related Articles

Back to top button
Close