समाचार

कोरोना संक्रमण भयो ? सरकारले लाँदैन, आफैं जानुपर्छ क्वारेन्टाइन

२७ फागुन । कोरोना संक्रमण भएको आशंका लागेका नागरिकलाई सरकारले क्वारेन्टाइनमा नलैजाने, आफैं जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

मंगलबार राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनको बुहानबाट ल्याइएका नेपालीलाई जस्तोगरी सुविधा दिन नसक्ने तर अन्य सुविधामा भने सरकार साथसाथ रहेको बताए ।

संक्रमण भएको आशंका लागे के गर्ने भन्ने विषयमा जानकारी दिने काम सरकारले गरेको र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा आफैं जानुपर्ने ढकालको भनाई थियो ।सरकारले प्रतिबन्ध गरेका आठ मुलुकबाट फर्किएका नेपालीले आफूलाई कोरोनाको शंका लागेको खण्डमा क्वारेन्टाइनमा आफैं जानुपर्ने तर औषध उपचारको जिम्मा भने सरकारले नै लिने ढकालले बताए ।

Related Articles

Back to top button
Close