स्वास्थ्य/ जिबनशैली

नेपालगन्जका एक युवा कोरोना भाइरसका बिरामी, जो घरमै स्वस्थ भएर अस्पताल फर्कें

नेपालमा पहिलो पटक कोरोना भा’इरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बि’रामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, तर उनी घरमै स्वस्थ भएर अस्पताल फर्केका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ। मन्त्रालयले बि’रामीको परिचय गो’प्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बि’रामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भा’इरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’

बि’रामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्व’रो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बि’रामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

‘ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भा’इरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आ’त्तिएँ।

अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो।’

उनले अस्पताल छोडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो, उनले डाक्टरहरू स्वयं पनि रो’गसँग ड’राएको पाएँ र आफ्नै जो’खिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें। अस्पतालले पनि कोरोना भा’इरसको औषधी दिन नसक्ने उनले बुझेका थिए। ‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफंैले गरें’ –उनले नेपाल समाचारपत्रलाई बताए।

एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। बि’रामीले भने– ‘मेरो ¥यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

कोरोना भा’इरस शुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिने उनको अनुभव छ। उनी घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियमितता दिएकै कारण निको भएको बताउँछन्। ‘पानीलाई नै औषधि मानेर बाँचें’ उनले भने।

बि’रामीका अनुसार, उनी घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, उनलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र सं’क्रमणमा क’डाइका साथ ध्यान दिएका कारण उनी त निको भए नै, अरूलाई पनि रो’ग सारेनन्।

उनी अस्पतालमा भर्ना भएकै समयमा आफ्ना कागजपत्र बोकेर अस्पतालले डिस्चार्ज नै नगर्दै अस्पतालबाट बाहिरिएका र मोबाइल नम्बरका आधारमा पुनः उनलाई अस्पताल बोलाई राखिएको अस्पताल स्रोतले जनाएको छ। यो अवधिमा ती युवाले क–कसलाई भेटे, कहाँ बसे, कति व्यक्तिको सम्पर्कमा गए भन्ने कुराको नेपाल सरकारसँग कुनै जानकारी छैन।

उनले जस्तै पछिल्लो समय कोरियाबाट फर्किएका एक बि’रामी पनि को’रोना भा’इरसको जस्तो लक्षण मिलेर अस्पताल पुगे। तर, अस्पतालमा उनको परीक्षणको कुनै अभिलेख छैन।

भर्ना भएको भोलिपल्ट बल्ल ‘बि’रामी ह’राएको रिपोर्ट अस्पतालले प्रहरीलाई दियो। प्रहरीले पत्ता लगाउँदा ती बि’रामी विराटनगर पुगिसकेकाले उतै उपचार गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाए पनि अहिलेसम्म ती युवाको उपचार भए–नभएको सरकारले आधिकारिक जानकारी दिन सकेकै छैन।

विशेषज्ञहरूका अनुसार बि’रामी आफैं अस्पताल पुग्दा पनि सरकारले परीक्षणको कुनै वातावरण नबनाई थुनेर राख्दा बि’रामी मानसिक रुपमा समेत विक्षिप्त बन्नसक्ने भएकाले समयमै टिम बनाएर उपचार गर्नु आवश्यक छ।

Related Articles

Back to top button
Close