समाचार

२५ लाखको चिट्ठा परेको छ भन्दै इमोबाट ठगि गर्ने २ जना पक्राउ

चितवन, ८ असाेज । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना व्यक्ति मोरङबाट पक्राउ परेका छन् । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षीया महिलालाई ठगि गरेको सूचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ ।इलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीया सिता थपलिया २ लाख ८० हजार रकम ठगिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पीडित महिलालाई चिट्ठा वातपको पैसा २५ लाख पाउने आशामा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमी मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयाे ।पक्राउ परेका दुवैलाई इलाका प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Related Articles

Back to top button
Close