समाचार

आजदेखि लामो दुरीका रुटमा पनि बस चल्दै, यस्तो छ रुट

काठमाडौं, ७ असोज । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् ।

आज साँझदेखि बस सेवा सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् ।

आजबाट साझाले काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङका रुटका २ वटा र बुटवल-भैरहवा-सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

 

Related Articles

Back to top button
Close