समाचार

‘हन्ड्रेड ग्रुप’का अध्यक्ष बब्लु गुप्ता निर्घात कुटिएको घटनाको छानविन गर्दै प्रहरी

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका ‘हन्ड्रेड ग्रुप’का अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा छानविन सुरू गरेको छ।बिहीबार दिउँसो बबरमहलमा ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले लाठी, मुक्का तथा बुटले हानेका थिए।सो घटनाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रहरीको चर्को आलोचना सुरू भएको थियो। घटनामाथि प्रहरी प्रधान कार्यालयले रानीपोखरीलाई बिहीबार नै छानविन गर्न निर्देशन दिएको थियो।

‘हामीले हिजो नै मेट्रोलाई छानविन गर्न निर्देशन दिइसकेका थियौं,’ केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले भने,’हिजो नै हाम्रो ध्यानाकर्षण भएको र छानविन हुन्छ भनेर जानकारी गराएका थियौं।’महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले पनि यस सम्बन्धमा छानविन सुरू भइसकेको जानकारी दिए।

‘को-को गएको, के भएको हो भन्नेबारे छानविन भइरहेको छ। यसको लागि अहिले दिउँसो छानविन समिति गठन हुन्छ,’उनले भने।प्रदर्शन गर्न गएका आफूहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधै कुटपिट गरेको गुप्ताले बताएका थिए।उनीहरू कुलमानलाई प्राधिकरणमा पुन: नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए।

७०/८० जनाको संख्यामा मोटरसाइकलमा गइरहेका उनीहरूलाई दिउँसो तीन बजे प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्दै मोटरसाइकलबाट ओरालीमाथिको आदेश भन्दै कुटपिट गरेको थियो।

Related Articles

Back to top button
Close