समाचार

….त्यसपछि थापाले सडकमै लगाए पर्खाल

रुपन्देहीको सैनामैनास्थित मुर्गिया–सिसौडाडा सडक विस्तारका क्रममा छ । सडकको दुवै किनारामा नाला बनाइएको छ भने सडक कालोपत्रे गर्ने तयारी भइरहेको थियो ।

तर सैनामैना–४ सिसौडाडाका कृष्णबहादुर थापा क्षेत्रीले सडकमै पर्खाल लगाइदिएका छन् । नलागाउनु पनि किन ? सडक मिचेर बनाएको घरहरुलाई छाडेर आफ्नो बारीमा बाटो बनाएको पाएपछि उनले आफ्नो जग्गामा पर्खाल लगाएका हुन्, जसले गर्दा आवतजावत नै रोकिएको छ ।

सैनामैना नगरपालिका–४ सिसौडाँडामा सार्वजनिक बाटो रहेको कित्ता नं २३२ को करिव तीन कठ्ठा जमिन ५ घरले करिव तीन कठ्ठा मिचेको छ ।

सार्वजनिक बाटो मिचेर तुलसा बस्याल, डिलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठलगायतले भौतिक संरचना निर्माण गरेका हुन् । सडक मिचेको जानकारी नपाउँदा यस्तो भएको उनीहरुको तर्क छ । नगरपालिकाले सडक मिचेर बनाएको संरचना हटाउनुका साटो निजी जमिनमै सडक विस्तारको काम गरिरहेको छ ।

२७ धुर जग्गा सडकले खाएपछि थापो तुल्सीपुर उच्च अदालतको बुटवल इजलास गरेका थिए । अदालतले पनि निजी जग्गामा सडक विस्तार नगर्न सैनामैना नगरपालिकालगायतलाई आदेश दिएको छ । ‘आफ्नो जमिन नै सकेर सडक बनाउने कुरा भएन, सडक सार्वजनिक जग्गामा बनाइयोस् भन्ने मेरो माग हो’ थापाले भने ।

Related Articles

Back to top button
Close