समाचार

असोज १ गतेबाटै लामो दूरीका सवारी सञ्चालन गर्न यातायात व्यवसायी तयार

काठमाडौं, ३१ भदौ । असोज १ गते (भोलि)देखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालनका लागि यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् ।बुधबार (आज) बिहान भौतिक पूर्वाधार तथा यातायात यातायात मन्त्रालयमा भएको छलफलमा भोलि (असोज १ गते) बाट नै सवारी सञ्चालनका लागि यातायात व्यवसायीहरु सहमत भएका हुन् ।

मन्त्रालय र यातायात व्यवसायी तथा मजदूरबीच सवारी चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि आज साँझसम्म जारी गर्ने सहमति भएको बताइएको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दूरीका सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको थियो ।

उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले यातायात व्यवसायीको मागअनुसार नै सबै दूरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर मात्रै सेवामा जान अपील गर्नुभएको छ ।

त्यस्तै, उहाँले व्यवसायीलाई परेका समस्याहरु समाधान गर्न तत्पर रहेको बताउँदै भोलि (असोज १ गते)बाटै लामो दूरीका सवारी सञ्चालनको वातावरण तयार गरिने बताउनुभयो ।त्यसोत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई पनि भोलि विश्वकर्मा पूजा गरेर सेवा सुरु गर्ने बताउनुभएको छ ।

Related Articles

Back to top button
Close