समाचार

उपत्यका नगरपालिका फोरमद्वारा विकास निर्माणका पसल र व्यवसाय सञ्चालनमा रोक लगाउन माग

काठमाडौं, १८ भदौ । उपत्यका नगरपालिका फोरम काठमाडौंले कोरोना भाइरसको भयावहबाट काठमाडौं उपत्यकालाई जोगाउन कडा निषेधाज्ञाको आवश्यक रहेको बताएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १८ गतेदेखि लागु हुने गरी थपिएको निषेधाज्ञामा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म उपत्यकाभित्र विकास निर्माणका पसल र व्यवसाय र त्यसको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने भन्ने बुँदामाथि उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण गर्दै एक विज्ञप्ति निकालेको छ।

यसले निषेधाज्ञाको अर्थ र उपादेयता नरहने भन्दै यसलाई सुधार गर्न फोरमले माग गरेको छ । बिहीबार फोरमले जारी गरेको विज्ञप्तिमा अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म खोल्न सकिने तर अन्य समयमा पसल र व्यवसाय सञ्चालनमा भने रोक लगाउनुपर्ने उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close