मनोरंजन

हलिउड अभिनेता ‘द रक’ को पूरै परिवारलाई भयो कोरोना

हलिउड अभिनेता तथा पूर्वव्यावसायिक कुस्तीवाज ड्वेन जोनसन(द रक)ले आफूसहित परिवारलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन्।बुधबार इन्स्टाग्राममा ११ मिनेट भन्दा लामो भिडिओ पोस्ट गर्दै उनले संक्रमण भएको जानकारी दिएका हुन्।

उनले भिडिओमा संक्रमित भएको थाहा पाएपछि आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। संक्रमित उनले भनेका छन।, ‘हामीले सामना गर्नुपर्ने सब भन्दा चुनौतीपूर्ण र गाह्रो चीज मध्ये एक हो।’अभिनेता जोनसन आफूसहित पत्नी लरेन हाशिआन र दुई छोरीहरू भाइरसबाट संक्रमित भएको बताए। उनका दुई छोरी भने संक्रमणमुक्त भइसकेका छन्।

जोनसनको परिवार नजिकका पारिवारिक साथीहरूबाट संक्रमित भएका हुन्। उनका ती पारिवारिक मित्रहरूलाई पनि आफूहरू कसरी संक्रमित भइयो भन्ने थाहा नभएको जोनसनले बताएका छन्।

Related Articles

Back to top button
Close