समाचार

कोरोना परीक्षण गर्ने रोबोट बन्याे, मान्छेकाे तुलनामा छिटाे काम गर्ने

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्वमै त्रास छ । परीक्षण तीव्र पार्नुपर्ने आवश्यकताबा बीच वैज्ञानिकहरुले कोरोना भाइरस परीक्षण गर्ने रोबोट बनाएका छन् ।

एक विशेष रोबर्ट, जसले मानिसको तुलनामा धेरै तीव्र गतिले भाइरस परीक्षणको काम गर्न सक्ने दाबी गरिएको छ । यसलाई अटो पाइलट ब्रेन सर्जरी नेभिगेशन सिस्टमवाला टेक्निकबाट तयार गरिएको हो ।


ताइवानको कम्पनी ब्रेन नावीले कोरोना टेस्टिङका लागि बनाएको यस रोबोटमा फेशियल रिकोग्निशन र थ्री डी इमेजिंग टेक्निक पनि प्रयोग गरिएको जनाइएको छ ।

वैज्ञानिकका अनुसार यो रोबोटले कोरोना संक्रमितको नाकको स्वाब लिएर प्रयोगशालामा परीक्षण समेत गर्नेछ । मानिसलाई १५ मिनेट लाग्ने समयको काम यसले ५ मिनेटमै गर्ने वैज्ञानिकले बताएका छन् ।

Related Articles

Back to top button
Close