मनोरंजन

पहिलाेपटक रिया चक्रवर्तीकाे स’नसनीपू’र्ण अन्तर्वार्ताः मेरा प्रेमीको मृ’त्युपछि मलाई रुन पनि दिइएन

काठमाडौँ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती मिडियामा आएकी छन् । रियाले विहिबार भारतका धेरै मिडियालाई अन्तर्वार्ता दिदै आफ्नो पक्ष राखेकी छन् ।रियाले अन्तर्वार्ताका क्रममा सुशान्तको परिवारमाथि ग’म्भी’र आ’रोप लगाउदै घुमाउरो किसिमले सुशान्तको आ’त्मह’त्यामा परिवारलाई जिम्मेवार ठानेकी छन् । भारतीय टिभी आजतकमा करिब डेढ घण्टा लामो अन्तर्वार्तामा रियाले सुशान्तसँगको आफ्नो सम्बन्ध र उनको आ’त्मह’त्यापछिको आफ्नो अवस्था बारेमा विस्तारमा बताएकी छन् ।

अहिले भारतको सिबिआइले अ’नुस’न्धान गरिरहेको यस प्रकरणमा रियाको अन्तर्वार्तापछि नयाँ मोडमा जाने विश्लेषण भारतीय मिडियाले गरेका छन् । रियाले अन्तर्वार्ताका क्रममा आफ्नो जीवन ब’र्बा’द भएको भन्दै आफ्ना प्रेमी मरेपछि आफु रु’न समेत नपाएको बताएकी छन् । उनले आफुलाई हरेकदिन हजारौं मार्ने ध’म्की आइरहेको बताउदै आफु र आफ्नो परिवार ब’र्बाद भएको बताएकी छन् ।

उनले अन्तर्वार्तामा सुशान्तले ड्र’ग्स लिने गरेको, डि’प्रेस’नमा रहेको बताउदै जुन ८ मा आफुले सुशान्तको घर छोडेर गएपछि जुन १४ सम्म के के भयो आफुले समेत जान्न चाहेको बताएकी छन् । रियाले सुशान्तकी दिदीलाई यो विषयमा जानकारी भएको हुनुपर्छ भन्दै उनी अगाडी आएर बताउनुपर्ने भनेकी छन् ।

रियाले सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले चार बर्षसम्म सुशान्तसँग कुरा नगरेको तर अहिले आएर मिडियामा अनेकौं बयान दिएकोमा आप’त्ति जनाएकी छन् । अन्तर्वार्तामा रियाले आफुले नै सुशान्तको यो विषय सिबिआइले जाँच गर्नुपर्ने माग राखेको बताउदै सुशान्तले र आफुले न्याय पाउने बताएकी छन् । अहिले हरेक दिन नयाँ नयाँ प्रो’पोगा’न्डा बनाइएको र आफुलाई अ’परा’धीको रुपमा प्रस्तुत गरिएकोमा रियाले आ’पत्ति जनाएकी छन् ।

सुशान्तको बारेमा बोल्दै उनी अत्यन्त प्रतिभावान भएको र उनले आत्महत्या गर्छन भन्ने आफुले कल्पना समेत नगरेको बताएकी छन् । गत जुन १४ मा सुशान्तले आ’त्मह’त्या गरेपछि अहिले भारतमा यो विषय सबैभन्दा बढी चर्चामा रहेको छ । भारतीय मिडियामा अहिले सुशान्तको आ’त्मह’त्या प्र’करणमा हरेक दिन बहस र नयाँ नयाँ खुलासा भैरहेका छन् ।

Related Articles

Back to top button
Close