समाचार
काठमाडौंमा निषेधाज्ञा फेरी लम्बिदै, कति दिन थपिन्छ?
काठमाडौं– काठमाडौं उपत्यकामा लगाइएको निशेषाज्ञा भोली (बुधबार) मध्यरातबाट सकिँदैछ। गत बुधबार मध्यरातिदेखि लागेको निशेषाज्ञा भोली सकिन लागेको हो।यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न आज (मंगलबार) तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।त्यसअघि तीन जिल्लाका मेयरहरुसँग दिँउसो १ बजे प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्ने भएका छन्।