समाचार

काठमाडौं उपत्यकामा ३२ सय नाघ्यो कोरोना संक्रमित, कुन ठाउँमा कति ? हेर्नुहोस्

काठमाडौं ०८ भदौ / चिनको विहानबाट फैलिएको नोभेल कोरोना भाइरस ( कोभिड-१९) विश्वव्यापीरुपमा तिव्र गतिले फैलिरहेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित सङ्ख्या ३२ हजार नाघिसकेको छ ।कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले मुलुकमा गत साल चैत ११ गतेदेखि ३ महिना लामो लकडाउन गरेर संक्रमित सङ्ख्या कम हुन थालेपछि लकडाउन खोल्ने निर्णय गरेको थियो ।

तर, लकडाउन खोलेसँगै कोरोना संक्रमित ह्वात्तै बढ्नथालेपछि फेरि काठमाडौं उपत्यका लगायत देशका केही जिल्लामा लकडाउन घोषणा गरेको छ । समुदायमा कोरोना फैलिएपछि सरकारले लकडाउनलाई थप कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । देशभर संक्रमितको संख्या ३२ हजार नजिक रहेको बेला उपत्यकामा पनि संक्रमण तीव्र रुपमा फैलिएको हो ।

आइतबारमात्रै काठमाडौं उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। जसमा एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला रहेका छन् ।

यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। जसमा १ सय ७३ पुरुष र ९९ महिला रहेका छन् ।

Related Articles

Back to top button
Close