समाचार

‘प्रतिस्पर्धामा आफू पछि पर्दा पश्चिमा मुलुकले रूसी भ्यक्सिनकाे आलोचना गर

एजेन्सी, ४ भदाै । रुसले हालै सार्वजनिक गरेकाे कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खाेप) ‘स्पुतनिक भी’ बारे अमेरिका लगायत पश्चिमा मुलुकले आलोचना गरेका छन् । यसै सन्दर्भमा एक रुसी वैज्ञानिकले भने उनीहरू प्रतिस्पर्धामा पछि परेपछि आलोचना गर्न थालेकाे बताएका छन् ।

समाचार एजेन्सीहरूका अनुसार रुसको एकेडमी अफ साइन्सेजका उपाध्यक्ष भ्लादिमिर चेखोनिनले रुसकाे खाेपप्रति सबैकाे विश्वास बढ्ने बताएका छन् । उनले उक्त खाेपलाइ लिएर भएका शंका र आलोचनाकाे अवस्था लामो समयसम्म नरहने बताएका छन् । उनले रुसकाे खाेपलाइ लिएर ‘विदेशी वैज्ञानिकहरू बढी नै आलोचनात्मक भएकाे’ बताए, किनभने उनीहरू खाेप उत्पादनकाे प्रतिस्पर्धामा पछि परेका छन्, चेखाेनिनकाे दाबी छ ।

साथै उनले अब चीनमा पनि दुई वा तीन हप्तामै खाेप दर्ता हुने अनुमान गरेका छन् भने यस वर्षको अन्त्यसम्ममा अमेरिकाले पनि खोप दर्ता गर्ने बताए ।केही दिनअघि मस्कोमा रहेको गामालेया नेसनल रिसर्च सेन्टरले कोरोनाभाइरस विरुद्ध रूसमै बनेकाे स्पुतनिक भी खोप दर्ता गराएकाे थियाे । जुन संसारमै पहिलोपटक दर्ता भएको काेराेनाविरूद्धकाे भ्याक्सिन मानिन्छ । तर यसकाे ट्रायल पूरा नभएका कारण धेरैले शंका र अविश्वास व्यक्त गरिरहेका छन् ।

Related Articles

Back to top button
Close