समाचार

अहिलेको कर्फ्यू के गर्न पाइन्छ : के गर्न निषेध छ ?

काठमाडौं । नेपालमा बढ्दै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले अब थप कडाई गर्न लागेको छ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा (कर्फ्यू) लागू गर्ने निर्णय गरिएको छ ।

राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी रहेको छ । जानकारी अनुसार अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबार (आज) मात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो

Related Articles

Back to top button
Close