अन्तर्राष्ट्रिय समाचार

उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हा’मफा’लेपछि…..

भारतको झारखण्डमा एक महिलाले रेलको अगाडि हा’मफालेर आ’त्मह’त्या गरेकी छन् । शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलका अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले आ’त्मह’त्या गरेकी हुन् । श्रीपल्ली निवासी मीनाक्षीले किन आ’त्मह’त्या गरिन् भन्ने खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

प्रहरीका अनुसार मृ’तक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार मीनाक्षी करिब २० मिनेटदेखि रेलवे स्टेशनको एउटा छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी जुरुक्क उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हा’मफा’लेकी थिइन् ।

घ’टनास्थलमै उनको मृ’त्यु भएको बताइन्छ । प्रहरीले उनको श’व पोस्टमार्टमका लागि पठाएको छ । मृ’तकका पति पुरुषोत्तम सिंह भने कोलाकातामा बस्दै आएको बताइन्छ । उनको पै’तृक गाउँ बिहारको मुगेर जिल्लामा पर्दछ । पुरुषोत्तमका दाजु विजय सिंह परिवारका सदस्यहरुका साथ जामताडास्थित अपार्टमेन्टमा बस्दै आएका छन् । मृ’तक मीनाक्षी केही महिना अघि छोरीका साथ जामताडामा पुगेकी थिइन् ।

Related Articles

Back to top button
Close