समाचार

“मन्त्री बास्कोटा सरकारको प्रवक्ता हुन लायक छैनन्, नैतिकरुपमा राजिनामा दिनुपर्छ”

“मन्त्री बास्कोटा सरकारको प्रवक्ता हुन लायक छैनन्, नैतिकरुपमा राजिनामा दिनुपर्छ”

काठमाडौँ – नेपाल मजदुर किसन पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका प्रेम सुवालले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजिनामा माग गरेका छन्।

केहि दिन अगाडी बास्कोटाले अमेरिकाले चाह्यो भने कुनैपनि बेला ऐया पनि भन्न नपाइ सुलेमानी बनाइदिन सक्छ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै सुवालले बास्कोटाको राजिनामा माग गरेका हुन्।

मंगलबार प्रतिनिधिसभाको वैठकको शून्य समयमा बोल्दै सुवालले एसियाली मित्र मुलुकको अपमान गर्ने व्यक्ति सरकारको प्रवक्ता कसरी भए भन्ने प्रश्न समेत गरे। स्टालिन र माओ त्से तुङ्को भनाई उल्लेख गर्दै सुवालले कायर र साम्राज्यवादका अगाडी झुक्ने कम्युनिष्ट नहुने उनले तर्क गरे।

“एसियाको एउटा मित्र देश इरानलाई हेला गर्ने माननीय मन्त्री बास्कोटा सरकारको प्रवक्ता कसरी हुन सक्छन्?”,राजिनामा माग गर्दै सुवालले भने,”माननीय मन्त्री बास्कोटाले नैतिक रुपमा सरकारको प्रवक्ताबाट राजिनामा दिनुपर्छ”

Related Articles

Back to top button
Close