समाचार

कोरोनाकैबीच सबै क्षेत्र खुल्ने, गृहमन्त्रिले दिए यस्तो जानकारी !

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका मापदण्ड अपनाएर सबै क्षेत्रलाई खोल्न दिने नीति लिइएको बताएका छन् ।लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेका कारण सबै सुरक्षाका मापदण्ड अपनाएर सबै क्षेत्र खुला गर्ने र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको गृहमन्त्री थापाले बताएका हुन्।

राजधानीमा पत्रकारमाझ बाेल्दै उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौं र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ।

अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ। यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं।’उनले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील समेत गरेका छन् ।

‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दिका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु। किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं।

म सबै आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु।’थापाले भने ।

 

Related Articles

Back to top button
Close