रोचक

झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो पछुतो

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो । बिहान पनि झाडीबाट आवाज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।

बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झाडीबाट निकालेर उनको शरीरमा भएका कमिला हटाए । भारतको झारखण्ड राज्यको राँचीमा भेटिएकी ती बालिकालाई तत्काल अस्पताल लगियो ।

बालिकालाई झारखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रिफर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो । बालिकाको स्थिति गम्भीर छ । बालिकालाई कसले फालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि परिवारमा एकमात्र सन्तान हुदा पर्छ यस्तो असर

आजभोली हाम्रो गाउसमाजमा एकजना मात्र सन्तान जनमाउने प्रचलन आएको छ। एउटा बच्चालाई हुर्काउन सजिलो हुन्छ । धेरै बच्चालाई दिनुपर्ने समय, गर्नुपर्ने खर्च एउटै बच्चाले पाउछन । पढाईमा होस् वा खानपानमा समस्या हुँदैन । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ ।तर, यसको साइड इफेक्ट छ ।अभिभावक र पारिवारिक दायित्वको हिसाबले हेर्दा एउटा बच्चा उपयुक्त देखिएपनि बच्चाकै कोणबाट हेर्दा राम्रो देखिदैन ।

किनभने, अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुसँग खेल्ने दौतरी हुँदैन । उनीहरुको स्तरमा वात मार्ने, जिस्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई समय दिदैनन् । यसरी बच्चा एक्लो हुँदै गएका छन् ।बाबुआमा जागिरमा व्यस्त,परिवारको जिम्मेवारी पुरा गर्न तल्लिन हुन्छन ।समयको निकै नै अभाव हुन्छ ।एक्लो बच्चालाई लालनपालन गर्न सजिलो भनिएपनि थप गाह्रो हुन्छ । दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै

काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन पाउँदैन । जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धाको भावना आवश्यक हुन्छ ।दुई बच्चा समान रुपले हुर्कदैछ भने, उनीहरु एकअर्काबाट पनि सिकिरहेका हुन्छन् । खेल्न, रमाउन सिक्छन् । साथै मिल्ने वा सहकार्य गर्ने बानीको विकास पनि हुन्छ ।

जबकी एउटा बच्चामा सहकार्यको भावना विकास नहुन सक्छ । आफ्नो खेल्ने कुरा वा आफ्नो लताकपडा अरुलाई प्रयोग गर्न दिदैनन् । कुनैपनि समस्याको हल मिलेर गर्ने वा समस्या साझेदार गर्ने बानी हुँदैन । दुईजना बच्चा छन् भने उनीहरुको भाषा मिल्छ । भावना मिल्छ । रहर मिल्छ । आपसमा हरेक कुरा मिलुजुली गर्ने अभ्यास गर्छन् । भलै उनीहरुबीच झगडा होला, मतान्तर होला । तर एउटा विन्दुमा उनीहरु आफै

मिल्छन् । एकअर्काको कमजोरी र समस्यालाई स्विकार्छन् ।जबकी एउटा मात्र बच्चा छ भने उनीहरुमा मित्रताको भावना कमजोर हुन्छ । अर्को व्यक्तिसँग सजिलै एडजस्ट हुन सक्दैनन् । एक्लो बच्चाको भावना के हुन्छ भने, मेरा सबै आवश्यक्ता अभिभावकले पुरा गरिदिनेछन् । उनीहरु परनिर्भर हुन्छन् । अभिभावकबाट अपेक्षा पनि गर्छन् । त्यहि कारण उनीहरु बढी पुलपुलिएका हुन्छन् । सानोतिनो समस्या पनि सहन नसक्ने हुन्छन् ।

जबकी दुई भन्दा बढी बच्चा छन् भने उनीहरु अभिभावकमा निर्भर हुँदैनन् । आफ्नो आवश्यक्ता आफै पुरा गर्न अभ्यास गर्छन् ।एकल सन्तान सबैको रहर नहुन सक्छ । बाध्यता पनि हुन सक्छ । यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन ।यसका लागि अभिभावकले बच्चासँग बढीभन्दा बढी समय विताउनुपर्छ । उनीहरुलाई एक्लै छाड्ने वा बेवास्ता गर्नु हुँदैन ।अक्सर अभिभावक बच्चालाई आफुजस्तै बनाउन खोज्छन् । च क च क नगरोस्, चुलबुल नगरोस् भन्ने अपेक्षा राख्छन् । जबकी बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुको वालशुलभ चञ्चलतालाई रोक्नुहुन्न ।

किनभने बच्चाहरु स्वभावैले चञ्चाल, जिज्ञासु हुन्छन् । उनीहरु आफ्नो जिज्ञासा मेट्न चकचक गर्छन् । तर, अभिभावकहरु उनीहरुलाई रोक्छन् । ‘ज्ञानी बन्नुपर्छ’ भनेर अनुशासनमा बाँध्न खोज्छन् । यसले उनीहरुको रचनात्मक क्षमतामा बाधा पुग्छ । साथै बच्चाले खेल्ने वा रमाउने वाहाना पनि पाउँदैनन् । उनीहरुको दैनिकी पट्यारलाग्दो हुन्छ । यसले बच्चालाई चिन्ताग्रस्त बनाउन सक्छ । डिप्रेसनमा लाने खतरा पनि रहन्छ ।त्यसैले बच्चाका लागि घरलाई बालमैत्री बनाउनुपर्छ । उनीहरुलाई खेल्न, रमाउन छुट दिनुपर्छ । अभिभावकले बच्चासँग साथीकै रुपमा व्यवहार गर्नुपर्छ । बच्चासँग खेल्ने, कार्टुन हेर्ने, केक काट्ने, चित्र बनाउने जस्ता गतिविधिमा सरिक हुनुपर्छ । यसले गर्दा बच्चाले आफुलाई एक्लो अनुभव गर्दैन ।

Related Articles

Back to top button
Close