समाचार

कम नम्बर ल्याउने ३४ विद्यार्थीको ब्लेडले हात चि’र्न लगाइन् शिक्षिकाले

काठमाडौं, परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चि’र्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चि’रिदिने भन्दै उनले परीक्षाकै वेला ध’म्की दिएकी थिइन् ।ध’म्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम ति’खार्ने ब्लेडले हात चि’र्न लगाएको पी’डित विद्यार्थीले बताए ।

निर्देशन नमाने आफै चि’रिदिने ध’म्की दिएपछि आ–आफ्नो हात का’टेको विद्यार्थीले बताए ।पी’डित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात का’ट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी का’टिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम का’टिएको छ ।जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चि’रिएको छ ।

आलो घाउ देखाउँदै सविनले भने, ‘कम नम्बर ल्याउनेले धेरै का’ट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले का’टिदिने चे’तावनी दिनु भएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले ड’राइडराई धेरै का’टें ।’सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा का’टिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चि’रिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए ।

एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चि’रिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै का’टियो,’ उनले भने ।प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चि’रिएको स्वीकार गरे । ‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात का’टिएको देखियो । सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको देखिएको छ ।

यो ग’म्भीर गल्ती हो । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने ।शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चि’र्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आ’रोप छ । कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले भनिन्, ‘म्यामले फोन गर्नु भएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात का’ट्न लगाएको छु । उनलाई नुन खुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’पीडक शिक्षिका सीतालक्ष्मी कर्माचार्य भन्छिन्, ‘मैले थोरै का’ट्न भनें, विद्यार्थीले धेरै का’टेछन्’

विद्यार्थीलाई अलिअलि ड’र त देखाउनै प¥यो । मैले कम नम्बर ल्याए का’ट्न लगाउँछु भनेकै हो । तर, का’टिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर ध’माधम का’टेछन् । जे भयो, मबाट ठूलो ग’ल्ती भयो । मैले भन्नै नहुने थियो । एक पटकलाई माफी चाहन्छु ।नयाँ पत्रिका दैनिकबाट

Related Articles

Back to top button
Close