समाचार

बरिष्ट बालरोग विशेषज्ञ डा बगालेलाई कोरोना संक्रमित भएपछि छिमेकीको यस्तो लाजमर्दो हर्कत

काठमाडौ । कोरोना संक्रमित भएर होम साइसोलेसनमा बसेका बरिष्ठ बालरोग विशेषज्ञको घरमा संक्रमितको घर भन्दै स्थानियले बोर्ड राखिदिएपछि उनले दुख ब्यक्त गरेका छन् । अस्वास्थ्यहरुको सेवामा रातदिन लाग्दा कोरोना संक्रमित भएर घरमा आइसोलेसनमा बस्दा छिमेकीले दुब्र्यवहार गरेको भन्दै चिकित्कसले दुख ब्यक्त गरेका छन् । उनको घर अगाडी एक समुहले यो संक्रमितको घर भन्ने फ्ल्याक्स वोर्ड लेखेर राखिदिएको छ ।

बरिष्ट बालरोग विशेषज्ञ डाक्टर विश्वबन्धु बगालेको घरमा स्थानियले त्यस्तो हर्कत गरेपछि विरोध गरेका छन् । अर्का डाक्टर आबिस्कार चापागाईले छिमेकी र आफुलाई समाजसेवी भन्नेहरुको त्यस्तो हर्कतको विरोध गदैृ सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिनरात नभनी सेवा खटिँदा संक्रमित भएका हाम्रो डाक्टर साप को घर अगाडि गएर संक्रमित को घर भनेर लेख्न गएछन् ।

समाजसेवीहरु यस्तो बुद्धि कसले दियो ।। हो ! कता जाँदै छौं ।। हामी हाम्रो समाज । थुक्क समाज ये बा । यस्तो हुन थाले पछि चिकित्सक को मनोबल कसरी बढ्छ ? ( डा आबिस्कार चापागाईंले ट्विटर मा लेखेका छन । बिरामीको उपचारमा खट्दाखट्दै कोरोना संक्रमित भएपछि छिमेकीको दुव्र्यवहारमा परेका बरिष्ठ बालरोग विशेषज्ञ (एसएलसीमा सर्वप्रथम) डा। बिश्वबन्धु बगालेको आवाज । कस्तो निन्दनीय काम’ भन्दै मिलन बगालेले लेखेका छन

बगालेले पनि आफुहर गेटमा साँचो लगाएर भित्र बसेको र आफुहरुलाई कुनै स्वास्थ्य समस्या नभएको जनाएका छन् । तर कोरोना संक्रमितको घर भनेर फ्ल्याक्स वोडै टाँसेर आफुहरुलाई मानिसक रुपमा या त ना दिएको उल्लेख गरेका छन् । उनले यस्ता छिमेकी कसैलाई नपरोस भन्दै फेसवुक मार्फत कामना गरेका छन् । कमजोर मन हुनेहरुलाई छिमेकीको यस्तो हर्कतले थप कमजोर बनाउने भन्दै उनले आफुहरु भने उच्च मनोबलका साथ घर भित्रै बसेको बताएका छन् ।

Related Articles

Back to top button
Close