समाचार
कुखुराकाे मासुमा देखियो कोरोना भाइरस
काठमाडाैं- कुखुराको मासुमा नै कोरोना भाइरस देखिएको छ । चीनले ब्राजिलबाट ल्याइएका ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना भाइरस ‘कोभिड १९’ देखिएको बताएको हो ।ब्राजिलबाट सेनजेनमा आयात गरिएका खाद्य पदार्थ ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना देखिएको सेनजेनका अधिकारीहरुले पुष्टि गरेका हुन्।
फ्रोजन चिकेन विंग्समा कोरोना देखिएसँगै सेनजेनमा फ्रोजन चिकेन विंग्स खरिद नगर्न निर्देशन दिइएको छ। यसअघि बुधबार मात्र इक्वेडरबाट ल्याइएको फ्रोजन स्रिम्प ‘झिंगेमाछा’ मा कोरोना देखिएको समेत चीनले जनाएको थियो ।
ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। त्यहाँ ३१ लाख ७० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाखको ज्यान गएको छ।