समाचार

भक्तपुरमा १० वटा गाडी ठोक्किएर दुर्घटना

सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाण्डौ वर्ल्ड स्कुलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा. १६ च. ४३६१ नम्बरकाे टाटा मोबाइलले ठक्कर दिएर दुर्घटना हुँदा टाटा माेबाइल पछाडि आउँदै गरेको बा. ४१ प. ४४०९ नम्बरकाे मोटरसाइकल, बा. ३ ख. ३३४९ नम्बरकाे बस, प्रदेश ३ बा. २८३६ नम्बरकाे कार बा. ७० प. ४४४५ नम्बरकाे मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प. ९६६४ नम्बरकाे स्कुटर, प्रदेश नं. ३–०१–००३ क. ४६४४ नम्बरकाे भ्यान, प्रदेश नं.३–०१–००३ क ४६४१ नम्बरकाे भ्यान, प्रदेश नं. ३–०२–०१० प ३७६३ नम्बरकाे मोटरसाइकलसमेत गरी १० वटा गाडीहरु ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक पाचखाल न.पा. ६ बस्ने मोटरसाइकल चालक ३१ वर्षीय रामचन्द्र बि.क., स्कुटर चालक ओखलढुंगा घर भएर हाल पेप्सीकोला बस्ने २८ वर्षीय गुनाकेशरी बस्नेत, स्कुटरको पछाडि रहेकी ३० वर्षीय शर्मिला के.सी, टाटा मोबाइल चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने ३८ वर्षीय सुदिपलाल डंगोल घाइते भएको प्रनाऊ गिरीले जानकारी दिनुभयो ।

 

Related Articles

Back to top button
Close