समाचार

संक्रमण बढेपछि सवारी पास जारी नगर्न गृह मन्त्रालयको निर्देशन

२८ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो ।

…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।संक्रमित र मृतकको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए ।

युट्युबरको कठघरामा एक महिलाको ‘चीरहरण’-‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ । सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् ।

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

 

Related Articles

Back to top button
Close