समाचार

काठमाडौं उपत्यकामा एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौं उत्यकामा पहिलोपटक एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना छन्।उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो। यसअघि हिजोमात्र १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो।

आजैमात्र कोरोनाका ४ सय ८४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।त्यस्तै, ९१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

The good, bad and ugly sides to a holiday in Kathmandu, Nepal ...

Related Articles

Back to top button
Close