समाचार
अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण
अख्तियारका प्रमुख आयुक्त घिमिरे। फाइल तस्बिर।अख्तियारका प्रमुख आयुक्त घिमिरे। फाइल तस्बिर।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ।घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।
त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।