समाचार

किराना पसलबाट कोटेश्वरमा फैलियो कोरोना, संक्रमित संख्या १७ पुग्यो

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ।साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारीअनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको हो।

वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पुष्टि भएको छ,’ पोखरेलले सेतोपाटीसँग भनिन्, ‘रिपोर्ट आउन बाँकी नै छ। संक्रमित बढ्ने देखिन्छ। थप नफैलियोस् भनेर एउटा गल्ली पूर्ण रूपमा सिल गरेका छौं। अरू गल्लीमा पनि आवागमन नगर्न भनेका छौं।’

कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय मजदुरी गर्छन्।सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो। उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा थप कोरोना संक्रमित भेटिएका हुन्,’ उनले भनिन्।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ

Related Articles

Back to top button
Close