समाचार

मोटाउनु अत्यन्तै घातक, कोरोनाको भ्याक्सिनले पनि काम गर्दैन

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिले सिंगो विश्व यसविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । भ्याक्सिन विकासको प्रगतिका बारेमा थुप्रै समाचारहरु पनि आएका छन ।तर अहिलेसम्म कुनै पनि कोरोना संक्रमित विरामीले यसको उपभोग गर्न पाएका छैनन् । यद्यपी रुसका वैज्ञानिकहरुले खोप विकासको पूर्ण सफलताको नजिक पुगेको र छिट्टै आम नागरिकका लागि वितरण गरिने दावी गरिसकेका छन ।

यद्यपी ब्रिटेन र अमेरिकाले यो भ्याक्सिनको प्रभावकारिता बारे शंका ब्यक्त गरिरहेका छन । यसै सन्दर्भमा भ्याक्सिन विकासका क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले एउटा नयाँ दावी ब्यक्त गरेका छन ।

उनीहरुका अनुसार मोटो शरीर भएका मानिसहरुमा भ्याक्सिनको प्रभावकारिता कम हुन्छ । अमेरिकाको अलबामा युनिभर्सिटीका अनुशन्धानकर्ताहरुले यस्तो दावी गरेका हुन । उनीहरुका अनुसार शरीरमा अधिक बोसो भएका मानिसहरुमा कोरोनाविरुद्धको भ्याक्सिनको प्रभाव धेरै कम हुन्छ ।

केही बर्ष अघिदेखि प्राप्त प्रमाणका आधारमा वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन । यो सन्दर्भमा वैज्ञानिकहरुले फ्लु र हेपाटाइटिस बी को भ्याक्सिनको हवाला दिएका छन ।जसअनुसार सन २०१७ मा गरिएको अनुशन्धानका क्रममा सामान्य तौल भएका ब्यक्तिहरुको तुलनामा अधिक तौल भएका ब्यक्तिहरुमा भ्याक्सिन असफल जस्तै सावित भएको थियो ।

मोटा शरीर भएका ब्यक्तिहरुलाई भ्याक्सिन लगाउँदा संक्रमणसंग लड्न सक्ने एंटीबडी उत्पन्न गर्न नसकेको तथ्य वैज्ञानिकहरुले फेला पारे । सो अध्ययनले मोटा शरीर भएका ब्यक्तिहरु फ्लु र हेपाटाईटिस बी संक्रमणको उच्च जोखिममा रहेको बताएको थियो ।

संक्रमणका कारण उनीहरुको शरीरका अंगहरु फेल हुने सम्भावना पनि अधिक रहने अध्ययनले बताएको छ । कोरोनाविरुद्धको भ्याक्सिनको हकमा पनि यहि तथ्य लागु हुने वैज्ञानिकहरुको दावी छ ।

यो अध्ययन टिमका प्रमुख वैज्ञानिक डाक्टर चार्ड पेटिटले अधिक मोटा मानिसहरुमा संक्रमणविरोधी भ्याक्सिन प्रभावकारी नहुने दावी गरेका हुन । उनका अनुसार मोटा शरीर भएका ब्यक्तिमा रोगप्रतिरोधी क्षमता अर्थात एन्टीबडी बृद्धि गराउने टी कोशिकाहरुले राम्ररी काम गर्न सक्दैनन् ।

रोगप्रतिरोधी क्षमता सक्रिय हुने बेला शरीर सुन्निनु अर्को समस्या रहेको डा.पेटिटले बताए । उनका अनुसार मोटो शरीर भएको मानिसमा रोग प्रतिरोधी क्षमता सक्रिय हुनेबेला शरीर सुनिन्छ र शरीरमा जम्मा हुने खतरनाक तत्वहरु नष्ट गर्ने मेक्रोफेज नामक कोशिकाहरुको उत्पादन घट्छ ।

यस बारेमा वेंडरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. विलियम शैफनरले एक ईन्च लम्बाईको परम्परागत सुई भन्दा लामो सुई प्रयोग गर्न सुझाएका छन । मांसपेसीको गहिराईसम्म औषधि पुर्याउन लामो आकारको सुई आवस्यक हुने डा.शैफनरले बताएको डेलिमेल डट सिओ डट युकेले जनाएको छ ।

Related Articles

Back to top button
Close