भदौ १ गतेदेखि उडान खुल्यो, र्हेनुहोस् नयाँ भाडादर (सूचीसहित)
काठमाडौं- भदौ १ गते देखि आन्तरिक उडान खुला हुने भएको छ । बुद्ध एयरलाइन्सले आन्तरिक उडान खुला गरेको हो ।कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी गर्दै नयाँ भाडादर पनि तोकेको छ । कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ,
‘हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् ।
घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।
यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडान सुरु गर्दै छौं,।’नयाँ भाडादर अनुसार पोखरा १९ सय, विरानगर तीन हजार, जनकपुरको २७ सय रुपैयाँ तोकिएको छ । धनगढी ५४ सय रुपैयाँमै जान सकिने भएको छ ।