रोचक

२७ हजार बढीले आवेदन दिएपछि यी जापानी अर्बपतिले गरे विहे नै रद्द !आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन्।

चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित भएको घोषणा गरेका हुन्।

एक महिना अघि मात्रै उनले चन्द्रमा हनिमुन मनाउनका लागि विज्ञापन नै गरेका थिए । उक्त विज्ञापन गरेपछि करिब २८ हजार महिलाले आवेदन समेत दिएका थिए।

तर अचानक यस्तो घोषणा गरेका हुन्। यद्यपी उनी एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने छन्। उनको योजना भने परिवर्तन गरेका छैनन्।

गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्वीटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।

२७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन्।

उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन्।

Related Articles

Back to top button
Close