समाचार

विद्यालय र कलेज बन्द

२३ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले स्कुल-कलेज बन्द गर्न माग गरेको छ ।विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्चजोखिम भएको देशमा सुचीकृत गरेको भन्दै उसले सरकारको कामलाई पर्याप्त तयारी मानेर बस्न नहुने बताएको छ ।

भिड-भाड, विवाह, भोज नगर्न भनेपनि विद्यालय, कलेज र विश्वविध्यालय सुचारु भइरहनु दुविधायुक्त अवस्था सृजना भएको अनेरास्ववियुले बताएको छ । उसले भनेको छ, उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चितकालका लागि स्कुल कलेज बिदा गर्न जोडदार माग गर्दछौं ।’

Related Articles

Back to top button
Close