गोकुल बाँस्कोटा फेरि मन्त्री बन्ने !
७० करोडको कमिशनको डिल गरेको अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटा निर्दोष सावित भए पूनः सोही जिम्मेवारीमा फर्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो प्रकरणबारे अडियो नै नक्कली हुनसक्ने भन्दै बाँस्कोटाको बचाउ गरेका थिए । बाँस्कोटाको अडियो प्रकरणले चौतर्फी सरकारमाथि प्रहार र विरोध हुँदासमेत प्रधानमन्त्री ओलीले उनको बचाउ गरेका थिए ।उनले बाँस्कोटामाथि गम्भिर आरोप लागेकोले राजीनामा दिएको बताएका थिए ।
बाँस्कोटा अहिलेपनि प्रधानमन्त्रीको भक्तपुरस्थित् बालकोटको निजी निवासमा बस्दै आएका छन् ।उनी ओलीको प्रिय पात्र हुन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले विजय प्रकाश मिश्रसँग कमिशनको डिल गरेको अडियो सार्वजनिक भएको थियो।अहिले बाँस्कोटाले सम्हालेको मन्त्रालय अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडालाई सुम्पिएका छन् ।बाँस्कोटाको अडियो प्रकरणको छानबिनको लागि प्रतिपक्षी दलसमेत माग गर्दै आएको छ । तर, उनीमाथि अहिलेसम्म अख्तियार वा अन्य कुनै छानबिन गर्ने निकायले काम थालेको छैन् ।
यो बीचमा बाँस्कोटाले आफूमाथि गाली बेईज्जति भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध मुद्दासमेत दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले भोलि बाँस्कोटा यो प्रकरणमा निर्दोष सावित भए भने उनलाई नै पूनः पूरानै जिम्मेवारीमा ल्याएर विपक्षीहरुलाई जवाफ दिनसक्ने पनि गाँईगुँई चलेको छ ।