समाचार

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ।प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।

अख्तियारमा २२ जनालाई देखियो कोरोना, परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचरीलाई कोरोना भाइरसको परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन दिएको छ।अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो।२२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए।’म आफैं पनि घरमै बसिरहेको छुँ,’ अधिकारीले भने,’अब परीक्षण गराएरमात्रै कार्यालय फर्किन्छु।’प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म अख्तियारमा खटिएका एक सय ८२ जनाको परीक्षण भएको छ। अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ।अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

Related Articles

Back to top button
Close